Logo

मुख्य समाचार

पौडेल पक्षको बैठक चलिरहँदा साझा उम्मेदवार तय गर्न युवाहरुले दिए दबाब



काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन आउन दुई दिनमात्र बाँकी रहँदा सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने वरिष्ठ नेता पौडेल समूहमा टुंगो लागेको छैन। पौडेल समूहमा पौडेलसहित ४ जना सभापतिका आकांक्षी छन् ।

मंगलबार साझा उम्मेदवार बारे छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । भित्र नेताहरुको बैठक चलिरहँदा बाहिर युवाहरुले साझा उम्मेदवार तय गर्न भन्दै दबाब दिएका छन् ।

दबाब समूह बनाएर युवाहरुले प्लेकार्डसहित धर्ना भएका छन् । उनीहरुले अहिले नमिले कहिले मिल्ने भन्दै जसरी पनि एकजुट भएर सभापतिको उम्मेदवार तय गर्न पौडेल समूहका नेताहरुलाई दबाब दिएका छन् ।

पौडेल समूहमा पौडेल, पूर्वमहामनत्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । उनीहरु सबै चाक्सीबारी बैठकमा सहभागी छन् । मंगलबार दिउँदो १ बजेबाट जारी बैठक चलिरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ५२ बजे