Logo

मुख्य समाचार

पोर्चुगलमा राष्ट्रपतिद्वारा संसद विघटन, निर्वाचनको घोषणा



ऐजेन्सी: पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ। राष्ट्रपति मर्केलो रिबेलो डी सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्।

उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ।

सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ। संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन्। सरकारको बजेट पारित गर्नका लागि गत अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : २७ बजे