Logo

मुख्य समाचार

इन्डोनेसियाको ज्वालामुखीमा हराएका २७ जना अझै भेटिएनन्



ऐजेन्सी : इन्डोनेसियाको विपद् विभागले ज्वालामुखी विष्फोटपछि बेपत्ता परेका २७ मानिस अझै हराइरहेको बताएको छ। सोमबार आयोजित प्रेस सम्मेलन सम्मेलनमार्फत् विभागले सो जानकारी दिएको हो।

शनिबार इन्डोनेसियाको जाभा टापुस्थित सुमेरु प्र्वतबाट ज्वालामुखी विस्फोट भएको थियो। सो ज्वालामुखीबाट कम्तीमा १५ मानिसको मृत्यु भएको थियो भने अन्य ५६ घाइते भएका थिए। प्रभावित क्षेत्रबाट १७ सयभन्दा बढि मानिको उद्धार गरिएको थियो।

ज्वालामुखी विस्फोटका कारण कम्तीमा ३ हजार घरहरु पूर्णरुपमा क्षतिग्रस्त बनेका थिए। ज्वालामुखी विस्फोटपछि निस्केको लेदो र खरानीमा परी हराएका उनीहरु अझै फेला नपरेको त्यहाँको राष्ट्रिय विपद् विभागले बताएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : ०६ बजे