Logo

Breaking News 1

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध



बागलुङ । निरन्तरको वर्षासँगै खसेको पहिरोले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । 

भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए ।

लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ०० बजे