Logo

मुख्य समाचार

प्रधानन्यायाधीस राणाको बहिर्गमनको माग गर्दै ओलीलाई भेट्न पुगे बारका पदाधिकारी



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको बहिर्गनको माग गर्दै नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

ओलीलाई भेटेर जबराविरुद्व महाअभियोग अगाडि बढाउन अनुरोध गर्ने बताइएको छ । यसअघि बारका पदाधिकारीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेर ध्यानाकर्षण गराएका थिए । 

प्रधानन्यायाधीस जबराको बहिर्गमनको माग गर्दै न्यायाधीसहरु लामो समयदेखि आन्दोलनरत रहेका छन् । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ०७ बजे