Logo

मुख्य समाचार

‘गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ’: उपेन्द्र यादव



काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेका कारण सबै सजग रहनुपर्ने बताएका हुन् ।

उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग हुनुपर्नेमा जोड दिए ।

संघीयता र गणतन्त्र समाप्त पार्ने प्रयासलाई आफूहरुले एकपटक असफल तुल्याइसकेको भए पनि खतरा अझै कायमै रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ०९ बजे