Logo

विश्व

आन साङ सुकीको सजाय आधा घटाइयो



काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएको छ।

म्यानमारको अदालतले सुकीमाथिको सजाय आधा घटाएको हो। यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो।

उनीमाथि मानिसहरुलाई सेनाविरुद्व उक्साएको र कोभिड नियम उल्ल‌ंघन गरेको अभियोग लगाइएको छ। यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ।

फेब्रुअरीमा सेनाले ‘कू’ गरि सत्ता हातमा लिई सुकी लगायत नेताहरुलाई पक्राउ गरेको थियो । सुकीलाई अहिले सेनाले नजरबन्दमा राखेको छ । उनलाई जेल कहिले पठाइन्छ भन्ने बारेमा जानकारी दिइएको छैन । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ३० बजे