Logo

Breaking News 1

चारवटा प्रदेशमा भारी र कोशीमा धेरै भारी वर्षाको सम्भावना



काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको विभागले उल्लेख गरेकाे छ ।

विभागका अनुसार अहिले देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू*भागको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेविभागले जनाएकाे छ । साथै कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोशी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेकाे छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : २९ बजे