Logo

मुख्य समाचार

घुम्न भन्दै दुबई जान लागेका ७६ यात्रु त्रिभुवन विमानस्थलबाट फिर्ता



काठमाडौं । अध्यागमन विभागले दुबई घुम्न जान लागेका बताउने ७६ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ ।

विभागले मानव ओसारपसारको आशंकामा उनीहरुलाई फिर्ता गरेको हो । ललितपुरस्थित शुभेक्षा बहुउदेश्य सहकारी संस्थाबाट घुम्न जान लागेका बताउने यात्रुहरुमा अधिकांश महिला रहेका थिए ।

उनीहरु सहकारीको पत्रसहित विमानस्थल पुगेका थिए । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए ।

आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको विभागले जनाएको छ ।

उनीहरुलाई अध्यागमनले प्रश्न गर्दा पनि कसैसँग स्पष्ट जवाफ नपाएकाले शंका लागेर फिर्ता गरिएको विभागले जानकारी दियो । महिलाहरुलाई दुबई पु¥याएर घरेलु काममा लगाउन लान लागिएको हुन सक्ने विभागको आशंका  छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ५८ बजे