Logo

मुख्य समाचार

प्रदेश २ को कांग्रेस अधिवेशन महाधिवेशनपछि मात्र हुने



काठमाडौं । नेपाली कांग्रेसले प्रदेश २ को अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्र गर्ने भएको छ ।

प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएको बताएका हुन् ।

सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसकेको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरू भएकाले केन्द्रीय महाधिवेशनपछि मात्र प्रदेश अधिवेशन गर्ने सहमति भएको संयोजक रिजालले जानकारी दिए । 

प्रदेश २ अन्तर्गत सर्लाहीका ४ वटै क्षेत्र, सप्तरीको १ र रौतहटको १ निर्वाचन क्षेत्रबाट मतदाताहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त नभएको र महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय अधिवेशन पनि रद्द भएकाले अधिवेशन सर्वसहमतिले स्थगित गरिएको हो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : १७ बजे