Logo

समाचार

वैवाहिक जीवनमा बाँधिइन् गायिका प्रिया भण्डारी



काठमाडौं । नेकपा एमालेको  ‘सैं पनि एमाले, मै पनि एमाले’ लगायत दर्जनौं गीतमा स्वर दिएकी गायिका प्रिया भण्डारी वैवाहिक जीवनमा बाँधिएकी छन् । आइतबार उनले अमेरिका बस्दै आएका पाल्पा तानसेनका प्रभात अधिकारीसँग विवाह गरेकी हुन् । 

केही समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । 

एमालेको चुनावी गीत ‘सैं पनि एमाले, मै पनि एमाले’मा बद्री पंगेनीसँग स्वर दिएपछि प्रिया चर्चामा आएकी थिइन् । उनले बद्री पंगेनीसँगै गाएको ‘कान्छी ओइ कान्छी’ बोलको लोकदोहोरी गीतलाई पनि स्रोता–दर्शकले रुचाएका थिए ।

केही दिनअघि मात्रै सार्वजनिक भएको वैकुण्ठ महतको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि प्रियाले स्वर दिएकी छन् । प्रियालाई बधाई दिन एमालेका केही नेताहरु बुटवल पुगेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ५ : ५६ बजे