Logo

मुख्य समाचार

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न



चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले  बिष्णु सापकाृटाको अध्यक्षतामा १९९ सदस्सीय समिति घोषणा गरेको छ। बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले पछि १५ थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको थियो । 

सहजिकरणका लागि गोविन्द आचार्यको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । 

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए । यसअघि महेश्वर दाहालको नेतृत्वमा २६० सदस्सीय कार्यसमिति रहेको थियो । महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि गरी झण्डै ८०० प्रतिनिधि सहभागी भएको सेन्टरले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १ : ५२ बजे