Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड लक्षित बाबुराम भट्टराईकाे कटाक्ष, भन्छन्- सबैलाई सधैं ठग्न सकिन्न



काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई लक्षित कटाक्ष गर्दै सबैलाई सधैं ठग्न नसकिने बताएका छन् ।

कांग्रेस-एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल मार्फत एक स्टाटस लेख्दै भट्टराईले सत्ता संकटमा परेका प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।

उनी लेख्छन् ‘चर्चित भनाइ छ – ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न ।’ सन्दर्भ बुझौं !’

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ११ : १६ बजे