Logo

Breaking News 1

एमालेकाे सचिवालय बैठक बस्दै, कांग्रेससँग भएको सहमति कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गरिने



काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्ने जनाइएकाे छ ।

नेपाली कांग्रेससँग भएको सहमति कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गर्न बैठक बोलाइएको जनाइएकाे छ ।सहमतिअनुसार दुई पार्टीबीच सुरुका दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र बाँकी अवधि कांग्रेसले गर्ने समझदारी भएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : २८ बजे