Logo

मुख्य समाचार

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित दरबारमार्गबाट एक जना पक्राउ



काठमाडौं । स्रोत नखुलेको करिब ७० लाख रुपैयाँ नगदसहित दरबारमार्गबाट एक जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले ६९ लाख ५० हजार रुपैयाँसहित बिइङ हुयुमन कपडा पसलका सञ्चालक हिरोसी खनाललाई पक्राउ गरेको हो।

सलमा जाँच गर्दा स्रोत नखुलेको उक्त रकम फेला परेपछि खनाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

खनाललाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ४७ बजे