काठमाडौं । नेपाली कांग्रेसको जारी प्रदेश अधिवेशनमा बागमती प्रदेश सभापतिमा इन्द्र बानिँयाको जित लगभग पक्का देखिएको छ ।
शनिबार भएको मतदानमा तीन जना इन्द्र बानिँया, जगदिश्वर नरसिंह केसी र भिमसेनदास प्रधानमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज फेरि मतदान भइरहेको हो ।
शनिबारको मतदानमा सबैभन्दा धेरै मत बानिँयाले नै ल्याएका थिए । तर उनले ४८ प्रतिशत मात्रै पु¥याउन सके । बानियाँले ९९२ मत प्राप्त गरेका छन् भने केसीले ८७२ मत प्राप्त गरेका छन् ।
त्यस्तै भीमसेनदास प्रधानले १९७ मत प्राप्त गरेका थिए । प्रधानले सबैभन्दा कम मत पाएका हुन् । आजको मतदानमा सभापतिका लागि इन्द्र बानिँया र जगदिश्वरनरसिंह केसी मैदानमा छन् ।
प्रधानले पनि बानिँयालाई समर्थन गर्ने निर्णय गरेपछि अपवाद नभए बानिँयाको जित लगभग पक्का देखिएको हो ।
प्रतिक्रिया