Logo

Breaking News 1

नागरिक उन्मुक्तिले रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटायाे



काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन् ।

आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । 

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै बैठकले दलको नेता गंगाराम चौधरीलाई बनाउने निर्णय गरेको छ । त्यस्तै लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन् । यसअघि गंगाराम प्रमुख सचेतक थिए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ५१ बजे