Logo

खेलकुद

नेपालले एसीसी यु–१९ एसिया कप खेल्ने



काठमाडौं : नेपालले नाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुन गहिरहेको एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा सहभागि हुने भएको छ ।

नेपाली क्रिकेट संघ (क्यान)का कार्यवाक सचिव प्रशान्त विक्रम मल्लले नेपालले एसिया कपमा सहभागिता हुने बताएका हुन । 

उनका अनुसार प्रतियोगिताका लागि नेपाल डिसेम्बर १९ सम्म प्रतियोगिता आयोजना हुने स्थलमा पुग्नुपर्नेछ । 

तर प्रतियोगिता स्थलको अन्तिम टुंगो भने अझै सुनिश्चित हुन बाँकी रहेको मल्लले बताए ।

मल्लका अनुसार काठमाडौंमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोगिता एसिया कपकै छनोटका लागि आयोजना भएको हो । 

क्यानले सकेसम्म आईतबार नै नेपाली टोलीको घोषणा समेत गर्ने मल्लले जानकारी गराए । 

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ०१ बजे