Logo

Breaking News 1

बलियो संसद् लोकतन्त्रको आधारशीला : सभामुख



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बलियो संसद लोकतन्त्रको आधारशीला भएको हुँदा संसदलाई लोकतन्त्रको मन्दीरका रुपमा लिइदै आएको बताएका छन् ।

संसद् दिवसका अवसरमा आयतबार शुभकामना सन्देशमा जारी गर्दै सभामुख घिमिरेले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उल्लेख गरेका छन् ।

संसदप्रति जनताको आस्था र विश्वासलाई उचाइमा पु¥याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

‘बलियो संसद लोकतन्त्रको आधारशीला हो । त्यसैले संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ । लोकतान्त्रिक संसदको आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो । संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा नेपालको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व हामी सबैको हो । कानून निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिन्छ,’ सभामुखद्धारा जारी विज्ञप्तिा उल्लेख छ ।

वि.सं. २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । संसद स्थापनाको स्मरण गर्दै संघीय संसद र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम गर्दै संसद दिवस मनाउँदै आएका छन् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ९ : २७ बजे