Logo

समाचार

२३ वर्षीया मिश्र बनिन् राप्रपाको केन्द्रीय सदस्य



काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनबाट २३ वर्षीया सुष्मा मिश्र केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

मतपरिणामअनुसार उनले एक हजार दुई सय ८७ मत प्राप्त गरिन् । उनी खुला महिला तर्फबाट चुनावी मैदानमा उत्रिएकी थिइन् । उनी बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि थिइन्।

उनी राप्रपाको भातृ विद्यार्थी संगठनमा केन्द्रीय उपाध्यक्षसमेत छिन्। 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४२ बजे