Logo

खेलकुद

‘ए’ डिभिजन लिग: आज ब्रिगेड ब्वाइज र आर्मी भिड्दै



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज बिग्रड ब्वाइज क्लब र आर्मी भिड्दै छन् । खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने छ । 

दुई खेलबाट ४ अंक जोडेको ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । उता आर्मी भने पहिलो जितको खोजीमा रहेको छ ।

अघिल्ला दुई खेलमा बलिया टोलीहरु मच्छिन्द्र र पुलिस क्लबसँग बराबरी खेलेको आर्मी क्लबको २ अंक मात्रै छ ।

लिगमा तीन खेलबाट ७-७ अंक जोडेका सातदोवाटो युथ क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ३८ बजे