Logo

मुख्य समाचार

राप्रपा अध्यक्षमा बाबुले हारेपनि छोरी बनिन् केन्द्रीय सदस्य



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा कमल थापकी छोरी प्रतिष्ठा थापा निर्वाचि भएकी छिन् ।

महिला खुल्लातर्फ उम्मेदवारी दिएकी उनले जित हासिल गरेकी हुन् । मत परिणाम अनुसार प्रतिष्ठाले १५३० भोट ल्याएकी छन् ।

महिला खुल्लातर्फ सर्वाधिक भोट भने कुन्तीदेवी पोखरेललाई प्राप्त भएको छ । यसअघि पार्टीको कुनै कमिटीमा नरहेकी प्रतिष्ठा एकैपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।

उनी कमल थापाकी कान्छी छोरी हुन् । 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ०५ बजे