Logo

मुख्य समाचार

थापाथलीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



काठमाडौं । काठमाडौंको थापाथलीमा आज ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

थापाथलीबाट त्रिपुरेश्वतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको ट्रकले त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई बिहान पौने ६ बजे ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो ।

नर्भिक अस्पतालमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको हो । घाइते भएका स्कुटरमा पछाडी सवार सोही ठाउँका २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : ५७ बजे