Logo

मुख्य समाचार

कांग्रेस बागमती अधिवेशन: ५१ प्रतिशत मत आएन, आज पुन: मतदान हुँदै



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत जारी प्रदेश अधिवेशनमा बागमती प्रदेशमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन मतदान हुने भएको छ ।

तीन जना उम्मेदवार उठेकामा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् । बागमतीको सभापतिमा इन्द्र बाँनिया, भिमसेनदास प्रधान र जगदिश्वर नरसिंह केसी उम्मेदवारमा उठेका थिए ।

जसमध्ये सबैभन्दा धेरै मत बाँनियाले पाएका छन् भने सबैभन्दा कम मत प्रधानले पाएका हुन् । बाँनियाले ९९२, केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् । सबैभन्दा धेरै मत ल्याएका बानियाँको ४८ प्रतिशत मात्रै पुग्यो ।

कांग्रेसको विधानअनुसार सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधानअनुसार सभापतिमा पुन: मतदान हुने भएको हो ।

अब बानिँया र केसीबीच प्रतिस्पर्धा हुनेछ । पुन: मतदान आज बिहान ११:३० बजेबाट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बानियाँ संस्थापन तथा केसी संस्थापन इतर समूहका उम्मेदवार हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४२ बजे