काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी र प्रधानन्यायाधीविरुद्वको महाअभियोग सहमतिका आधारमा मात्रै तय हुने बताएका छन् ।
माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई चितवनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुनै पनि कुरा एकल जबरजस्तीमा नहुने बताए ।
अध्यक्ष प्रचण्डले अमेरिकामा एमसीसीको बैठक र नेपालमा संसद बैठक एकैदिन पर्नु संयोग मात्रै भएको जिकीर गरेका छन् ।
महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन कहिलै नटुट्ने भन्दै उनले गठबन्धनप्रति ढुक्क हुन आग्रह गरे ।
प्रतिक्रिया