Logo

मुख्य समाचार

गण्डकी कांग्रेस अधिवेशन: कार्यसमितिमा सात जना निर्विरोध निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा सात जना कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका हुन् ।

यस्तै, मुस्ताङबाट भुगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी भुगोल तर्फकै प्रदेश कार्यसमितिमा उम्मेदारी दिएका तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य पनि निर्विरोध निर्वाचित भएका हुन् ।

भुगोल महिला तर्फबाट उम्मेदारी दिएकी पर्वतकी मिनाकुमारी केसी पनि निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस गण्डकी निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : ३२ बजे