Logo

खेलकुद

‘ए’ डिभिजन लिग: संकटा र मनाङ तथा च्यासल र न्युरोड भिड्दै



काठमाण्डौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै छ ।

पहिलो खेलमा संकटा र मनाङ मस्र्याङदी तथा दोस्रो खेलमा च्यासल थुथ क्लब र न्युरोड टिम भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिँउसो १ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेल ४ः४५ बजे सुरु हुनेछ । आज हुने खेलमा मनाङ आफ्नो तेस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा फर्किने दाउमा छ । 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ४६ बजे