Logo

समाचार

राप्रपा महाधिवेशन: राति १० बजेसम्म मतदान सकेर १ बजेभित्र परिणाम सार्वजनिक गर्ने



काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज मतदान भइरहेको छ ।

निर्धारित समयभन्दा करिब १ घण्टा ढिलो गरी शुरू भएको मतदान राति १० बजेसम्म हुनेछ । निर्वाचन समितिका अनुसार एक जनालाई मतदान गर्न १०–१५ मिनेटसम्म लागेको छ ।

अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि इलेक्ट्रोनिक बुथ राखिएको छ । एक पटकमा ८६ जनाले भोट हाल्न सकिने गरी ८६ वटा मतदान बुथ राखिएको निर्वाचन समिति सदस्य राजु बस्नेतले बताए ।

मतदान सकिएलगत्तै गणना सुरू गर्ने र राति १ बजेभित्र सबै परणाम सार्वजनिक गर्ने तयारी निर्वाचन समितिको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४४ बजे