Logo

Breaking News 1

विराटनगर जलमग्न, अधिकांस घर डुबानमा



काठमाडौं । भारी वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगर जलमग्न भएको छ । महानगरपालिका भित्रका अधिकांस घर डुबानमा परेका छन् ।

महानगरपालिका मेयर नागेश कोइरालाले वर्षा जारी रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् । डुबानमा परेकाको सहजीकरण र उद्दारमा टोली परिचालन भइरहेको कोइरालाले बताए ।

बस्तीमा पानी पसेपछि महानगरपालिकाका १, २ र ८ नम्बर वडाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १० : ४३ बजे