Logo

Breaking News 1

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक जारी



काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक जारी छ । काठमाडौंको मेरियट होटेलमा बैठक चलिरहेको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गरेकी छन् भने चीनको नेतृत्व उपविदेशमन्त्री सुन वेइदोङले गरेका छन् । बैठकमा भाग लिनका लागि चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङ आइतबार नै काठमाडौँ आइपुगेका छन् ।

विभिन्न समयमा भएको उच्च स्तरीय भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयन पक्षबारे बैठकमा समीक्षा समेत हुने बताइएको छ । साथै बैठकमा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ११ बजे