Logo

मुख्य समाचार

नयाँबजारको गार्मेन्ट कारखानामा भिषण आगलागी



काठमाडौं । काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्ट कारखानमा भिषण आगलागी भएको छ ।

शुक्रबार दिउँसो २ बजेदेखि सुरु भएको आगलागी अझै पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको १/१ वटा गरी ६ वटा दमकलले आगो निभाइरहेका छन् ।

क्षतिको विवरण आगो पूर्ण रुपमा नियन्त्रणमा आएपछि मात्रै थाहा हुने प्रहरी जानकारी दिएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : ४४ बजे