Logo

खेलकुद

न्यूजिल्यान्डबिरुद्धको खेलमा व्याटिङ गर्दै भारत



काठमाडौं, १७ मंसिर । भारत र न्यूजिल्यान्ड बीचको दोस्रो टेस्ट क्रिकेट अहिले चलिरहेको छ ।

मुम्बई स्थित वानखडे स्टेडियममा चलिरहेको खेलमा भारत व्यटिङ गरिरहेको छ ।

टस जितेको भारतले पहिले व्याटिङ रोजेको हो ।

आजको खेलमा न्युजिल्यान्डका कप्तान केन विलियम्य भने मैदानमा छैनन् ।

कुहिनमा समस्या देखिएको समस्या पुन : दोहोरिएपछि विलियम्यनले दोस्रो टेस्ट गुमाउन पुगेका हुन् ।

विलियम्यसनले खेल गुमाउने भएपछि न्यूजिल्ययान्डको कप्तानी टम लाथमले सम्हालेका छन् ।

खेलमा अहिले व्याटिङ गरिरहेको भारतले १०औं ओभरको खेल चलिरहँदा बिनाकुनै नोक्सानि ३० रन जोडेको छ ।

भारत र न्यूजिल्यान्डबीचको पहिलो खेल बराबरीमा रोकिएको थियो ।


 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ५७ बजे