Logo

मुख्य समाचार

कांग्रेस अधिवेशन: साँझ ६ बजेसम्म नामावली प्रकाशन हुने



काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हेटौंडामा जारी बागमती प्रदेश अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली शुक्रबार साँझ ६ बजे प्रकाशन हुने भएको छ ।

दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, २ बजेदेखि ३ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, दिउँसो ३ः३० बजेसम्म त्यस्ता दाबी विरोध उपर निर्णय गर्नका लागि समय निर्धारण गरिएको छ।

दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको वर्णानुक्रमअनुसार नाम प्रकाशित गर्ने, साँझ ५ बजेदेखि ५ः३० बजेसम्म मनोनयन फिर्ता लिने र साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ।

नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि भने शनिबार बिहान ९ देखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ३७ बजे