Logo

समाचार

राप्रपा महाधिवेशन: थापा र लिङ्देनद्वारा अध्यक्ष पदमा उम्मेदवारी दर्ता



काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।

भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर दुवै जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । दुवै समूह प्यानलसहित चुनावी मैदानमा छन् ।

लिङ्देन बाजागाजासहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए । एकता महाधिवेशनअन्तर्गत विभिन्न पदमा आंकाक्षीहरूले उमेदवारी दर्ता गराएका छन् ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नयाँ नेतृत्व चयनका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो । मतदान भने भोलि (शनिबार) हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ५० बजे