Logo

विश्व

ओमिक्रोनको त्रास: अमेरिकी राष्ट्रपति बाइडनद्वारा कडा नियम लागु



काठमाडौं । पछिल्लो समय देखिएको ओमिक्रोन भाइरसको त्रास बढेपछि अमेरिकामा कडा नियमहरु लागु गरिएको छ ।

ओमिक्रोन भेरियन्टका ८ जना सङ्क्रमित देखिएपछि राष्ट्रपति जो बाइडनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका हुन् ।

राष्ट्रपति बाइडेनले लागु गरेको नियमहरुमा अमेरिका प्रवेश गर्नलाई २४ घण्टाको पिसिआर रिपोर्ट देखाउनु पर्नेछ । विमान, रेल, गाडिहरुमा यात्रा गर्दा मास्क अनिवार्य गरिएको छ ।  

तर बाइडनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् । न्यूयोर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ ।

अमेरिकामा बुधबार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङ्क्रमण देखिएको थियो । स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् ।

उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : २२ बजे