Logo

मुख्य समाचार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा भाग लिन प्रतिनिधिलाई दुई हजार शुल्क तोकियो



काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा भाग लिन प्रतिनिधिले २ हजार शुल्क तिर्नुपर्ने भएको छ ।

बिहीबारबाट जारी नेकपा माओवादीको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनमा भाग लिने प्रतिनिधिका लागि २ हजार रुपैयाँ शुल्क तोकेको हो।

प्रवेश शुल्कको रुपमा महाधिवेशनमा भाग लिने प्रत्येक सदस्यबाट शुल्क लिइने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकले आगामी राष्ट्रिय सम्मेलनका लागि विधान संशोधनदेखि सदस्यता विवाद मिलाउने जिम्मेबारी तोकेको छ।

राष्ट्रिय सम्मेलनको व्यवस्थाका लागि हितमान शाक्य र प्रचार प्रसारका लागि कृष्णबहादुर महराको नेतृत्वमा समिति गठन गरिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : १३ बजे