Logo

खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिगका तेस्रो चरणका खेलहरु आजदेखि हुँदै



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु आजबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तेस्रो चरणको पहिलो खेलमा आज दिउँसो १ बजे फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब भिड्दैछन् ।  फ्रेन्ड्स क्लब जारी लिगमा पहिलो जितको खोजीमा छ ।

२ खेलबाट १ अंक जोडेर फ्रेण्ड्स क्लब दशौँ स्थानमा रहेको छ । दोस्रो जितको खोजीमा रहेको थ्रिस्टार क्लब २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै, आज हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लब भिड्नेछन् ।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो २ खेलबाट ४ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ । एपीएफ अहिलेसम्म अंकविहिन छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : २४ बजे