Logo

मुख्य समाचार

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

जबरालाई कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा उपचाररत रहेका थिए ।

कोभिड-१९ निमोनियाका लागि अस्पताल भर्ना भएका जबरा स्वास्थ्यलाभ गरी फर्किएको अस्पतालका प्रवक्ता डा. प्रबिन नेपालले जानकारी दिए ।

बुधबार कानुन व्यवसायीले कायममुकायम प्रधानन्यायाधीशबारे प्रश्न उठाएपछि इजलास प्रभावित भएको थियो । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ०१ बजे