Logo

मुख्य समाचार

एकै विद्यालयका २८ जनालाई कोरोना भएपछि विद्यालय बन्द



काठमाडौं । बागलुङको एक विद्यालयका २८ जना शिक्षक विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

८२ जनाको पीसीआर परीक्षण गर्दा २६ जना विद्यार्थी र दुई जना शिक्षकमा कोरोना पुष्टि भएको हो । 

दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पीसीआर परीक्षण गरिएको थियो । विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ४ : ३० बजे