Logo

समाचार

कक्षा १२ को नतिजा प्रकाशन तयारी, ९ बजे बोर्ड बैठक डाँकियाे



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ ।  नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै  बिहान ९ बजेपछि बोर्डको बैठक डाँकिएको छ  ।

नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । 

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ०२ बजे