Logo

अर्थ

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्याे



काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ११ : २१ बजे