Logo

Breaking News 1

सर्लाहीमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु



सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पूर्व–राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, रायमाझी चोकमा बिहीबार बिहान सडक छेऊमा रोकिराखेको भारतीय मालवाहक ट्रकमा बस ठोक्किँदा तीन जनाको मृत्यु भएको हाे भने १७ जना घाइते भएका छन् ।

भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ९ : ४० बजे