Logo

मुख्य समाचार

बैतडी कांग्रेस सभापति चन्दले देउवालाई सहयोग गर्ने



बैतडी : नेपाली कांग्रेस बैतडीका नवनिर्वाचित सभापति चतुरबहादुर चन्दले आगामी महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गर्ने बताएका छन् । चन्द संस्थापन इतर सभापतिको रुपमा हेरिँदै आएको भएपनि उनले महाधिवेशनमा देउवालाई नै सहयोग गर्ने खुलासा गरेका छन ।

चन्दले आफ्नो गुट फरक भएपनि शेरबहादुर देउवालाई सहयोग गर्ने बताएका हुन । उनले बैतडीमा शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ताहरुको समेत सहयोग पाएका थिए ।चन्दले केन्द्रिय नेताहरु कसैको पनि विरोध नगर्ने र आफुबाट देउवा  लाई सहयोग हुने बताएका छन । आफूले गुट परिवर्तन भने नगर्ने सभापति चन्दले जनाए ।

बैतडीमा शेरबहादुर देउवाकै समूहमा रहेका रमेश लेखक समूहका नेताहरुले चतुरबहादुर चन्दलाई सहयोग गरेका थिए । लेखक नजिकका नेताहरु पनि सोही प्यानलबाट उम्मेद्वार बनेका थिए ।  

बैतडीबाट निर्वाचित महाधिवेशन प्रतिनिधि पनि अधिकांश शेरबहादुर देउवा नजिककै छन् । चतुरबहादुर चन्द प्यानलबाट विजेता बनेका केही महाधिवेशन प्रतिनिधिहरु देउवा समूहकै रहेका छन् ।   

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ३५ बजे