Logo

मुख्य समाचार

सिभिल सहकारी पीडित न्याय माग्दै सडकमा



काठमाडौं । सिभिल सहकारी पिडित निक्षेपकर्ताहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।

निक्षेपकर्ताहरुले काठमाडौंको माइतीघरमा प्रर्दशन गर्दै न्यायको माग गरेका हुन् । सरकारले स्वीकृति दिएर खोलेको संस्थाबाट ठगी हुँदा प्रशासनले अफूहरूको रकम फिर्ताका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ ।

सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई करिव २२ सय जनाको निक्षेप रकम फिर्ता नदिएको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

गत असोज १८ गते तामाङसहित १२ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ०९ बजे