Logo

समाचार

सर्वोच्च विवाद: इजलास गठनमा अझै अन्यौल



काठमाडौं । सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायीस को ? भन्ने प्रश्न उठेपछि रोकिएको सुनुवाई अहिलेसम्म सुरु हुन सकेको छैन ।

बुधबारबाटै पहिलो पटक गोलाप्रथाबाट पेशी तोक्न सुरु गरिएपनि कामु प्रधानन्यायाधीसका विषयमा प्रश्न उठेपछि इजलास गठन हुन नसकेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले कोरोना संक्रमण भएर अस्पताल बस्दा पनि कायममुकायम नतोकेको भन्दै बारका कानुन व्यवसायीले कामु प्रधानन्यायाधीस नतोकी इजलास गठन हुन नसक्ने भन्दै बुधबार प्रश्न उठाएका थिए ।

नेपाल बार र सर्वोच्च बारका अध्यक्षसँग सर्वोच्च अदालतका न्यायाधीशहरू बिहान १० बजेदेखि छलफलमा जुटेपनि निष्कर्ष निस्कन नसक्ने इजलास गठन अन्यौलमा परको हो ।

बैठकमा संविधानको धारा १२९ (६) बमोजिम कायममुकायम स्वतस् बरिष्ठ न्यायाधीशले लिएर इजलास अघि बढाउन सुझाव दिएका छन्। तर, अहिलेसम्म यकिन रुपमा कसरी अगाडि बढ्ने भन्ने टुंगो हुन नसकेको हो । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १० : १७ बजे