Logo

मुख्य समाचार

राप्रपाले जारी गर्यो आर्थिक कार्यपत्र ‘पृथ्वीपथ’ (पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका छन् ।

लोहनी संयोजक रहेको आर्थिक कार्यपत्र तयारी समितिमा उद्धव पौडेल, विष्णु पन्त, डा. विष्णु भण्डारी र हेमराज कार्की सदस्य रहेका थिए ।

‘पृथ्वीपथ’ नाम दिइएको कार्यपत्रलाई १८ बुँदामा थप विश्लेषण गर्दै आयात निर्यात वृद्धि गर्दै सन्तुलित व्यापार संरचना कायम गर्ने लक्ष प्राप्ति गर्न नेपालको अर्थतन्त्र लाई दीर्घकालीन रूपमा क्षेत्रीय आपूर्ति संरचनासँग जोड्नु जरुरी रहेको कार्यपत्रमा उल्लेख छ ।

जमिनको उपयोगसम्बन्धी पृथ्वीनारायण शाहको दृष्टिकोणलाई मध्यनजर गर्दै नेपालको कृषि क्षेत्रको पुनर्जागरणमा राप्रपाले जनता र सरकारबीच नयाँ सहकार्यको बाटो अपनाउने बताइएको छ ।

कार्यपत्रमा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको अर्थ राजनीति र नेपालको विशिष्टताबारे गरेको चिन्तन २१ औँ शताब्दीमा निरन्तरतासहितको गतिशीलता कायम गर्दै अगाडी बढ्न उपयुक्त हुन्छ भन्ने ठहर गरिएको छ ।

वर्तमान सन्दर्भमा निरन्तरतासहितको गतिशीलता आर्थत् संवर्द्धनवाद भएको बताउँदै यस दृष्टिकोणलाई ‘पृथ्वीपथ’ नाम दिइएको बताइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १० : ३१ बजे