Logo

समाचार

कांग्रेस अधिवेशन: बागमतीमा केसी, बानियाँ र प्रधानमध्ये कसले बाजी मार्लान ?



काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ ।

 प्रदेश अधिवेशन अन्तर्गत बागमती प्रदेशको नेतृत्वका लागि तीन जना प्रतिस्पर्धामा रहेका छन् । जगदिश्वरनरसिंह केसी, इन्द्र बानियाँ र भीमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

संस्थापन पक्षले बानिँयालाई अगाडि सारको छ भने प्रधानलाई कृष्णप्रसाद सिटौलाको समर्थन रहेको छ ।

यस्तै, केसीलाई संस्थापन इतर रामचन्द्र पौडेल पक्षको समर्थन रहेको छ । नेतृत्वका लागि तीन जनाबीच कडा टक्कर पर्ने देखिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ५३ बजे