Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेकाे छ । छापावाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ काराेबार भइरहेकाे छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर कारोबार सुरु भएको हो । आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ । गत शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ११ : ०३ बजे