Logo

समाचार

राप्रपा महाधिवेशन: ९ देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारबाट सुरु भएको एकता महाधिवेशनमा नेतृत्व चयनका लागि आजबाट चुनावी प्रक्रिया सुरु हुँदैछ ।

हिजो उद्घाटन सत्र सकिएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु भएको हो । पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।

आज बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारीमाथि दाबी विरोध र फिर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको निर्वाचन समितिले जनाएको छ ।

बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने भोलि  बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय राखिएको छ ।

महाधिवेशनमा देशभरिबाट झण्डै ४५ सय प्रतिनिधि सहभागी छन् । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : ३० बजे