Logo

अर्थ

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता भाग लिन पाउनेछन् भने बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

एभरेष्ट बैंकले आफ्नो वार्षिक साधारण सभा पौष १ गते बोलाएको छ । एभरेष्ट बैंक लिमिटेडको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पौष १ गते साधारण सभा बोलाएको हो ।

बैंकको २७ औं वार्षिक साधारण सभा पुस १ गते केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान ११ः३० बजे बोलाएको हो । सभामा जुममार्फत पनि सहभागी हुने शेयरधनीहरुलाई मिटिङ्ग आइडि र पासवर्डको व्यवस्था गरिएको छ ।

बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४।३२ प्रतिशत नगद लाभांश गरी कूल १०।३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, बैंकको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : ०५ बजे